हिपमत डटकम

बुधबार, आश्विन २२, २०८२ || 4306  पटक पढिएको

काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले आज दिउँसो ४ बजे ४४ देशमा रहेका नेपाली राजदूत तथा नियोग प्रमुखहरूसँग सामूहिक भर्चुअल छलफल गर्ने भएकी छन्।

परराष्ट्र मन्त्रालयका अनुसार छलफलमा देशको पछिल्लो राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय सम्बन्ध, वैदेशिक लगानी प्रवाह, र पर्यटक आगमनमा आएको कमी लगायतका विषय उठ्नेछन्।

परराष्ट्र मन्त्रालयको जिम्मेवारी पनि सम्हालिरहेकी प्रधानमन्त्री कार्कीले छलफलपछि आवश्यक निर्देशनहरू दिने बताइएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार, प्रधानमन्त्रीले पछिल्ला नीतिगत चुनौती र अवसरबारे राजदूतहरूबाट प्रत्यक्ष प्रतिक्रिया लिने तयारी गरेकी छन्।

जेनजी आन्दोलनपछि विभिन्न देशहरूले भिजिट भिसामा कडाइ गरेकाले, प्रधानमन्त्रीले कूटनीतिक समन्वय र वैदेशिक सम्बन्ध सुदृढीकरणमा विशेष ध्यान दिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!