विराटनगर, मोरङ — मोरङको कटहरी गाउँपालिका–३ स्थित कटहरी चोकको हुलाकी सडक खण्ड लामो समयदेखि जीर्ण अवस्थामा放िदा स्थानीयबासीले अनौठो शैलीमा विरोध जनाएका छन्।
बिहीबार बिहान सडक सुधारको माग गर्दै स्थानीय महिलाहरूले सडककै बीचमा धान रोपेर प्रदर्शन गरे। वर्षा याममा सडकमा पानी जमेर हिलोमय बनिँदा सर्वसाधारण र सवारी साधनका लागि आवागमन असहज हुने समस्या दोहोरिंदै आएको छ।
स्थानीयवासीका अनुसार सो सडक खण्ड हुलाकी सडक आयोजना अन्तर्गत दुई वर्षअघि निर्माण थालिए पनि अहिलेसम्म अधुरो अवस्थामा अलपत्र परेको छ। वर्षौंको लापरबाहीका कारण खाल्डाखुल्डी, हिलो र धुलोले सडक प्रयोग गर्नै नसक्ने अवस्था आएको उनीहरूको गुनासो छ।
मुख्य ठेकेदार श्रेष्ठ कन्स्ट्रक्सनले काममा चरम बेवास्ता गरेपछि आयोजना सञ्चालक निकायले ६ महिनाअघि कांग्रेस निकट स्थानीय नेता अभिषेक गिरीलाई पेटी ठेक्का दिएको थियो। तर, उनले पनि काम अगाडि बढाउन नसक्दा सडकको अवस्था झनै बिग्रिएको स्थानीयको आरोप छ।