काठमाडौं — नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले सांसद रवि लामिछानेलाई थुनामुक्त गरी जमानतमा बाहिर बसेर मुद्दा लड्न पाउने व्यवस्था गर्नुपर्ने बताएका छन्।
बिहीबार भैरहवा कारागार पुगेर लामिछानेसँग भेट गरेपछि पत्रकारहरूसँग कुरा गर्दै भट्टराईले भने, “जनताको प्रत्यक्ष प्रतिनिधि हुने व्यक्तिलाई थुनामा राख्दा जनतामाथि अन्याय हुन्छ। राजनीतिक पूर्वाग्रहका आधारमा कसैलाई अन्याय गर्नु हुँदैन।”
उनले लामिछानेलाई पत्रपत्रिका पढ्नसमेत नदिइएको भन्दै यस्तो व्यवहार आपत्तिजनक भएको बताए। “कसैलाई पनि सूचनाबाट वञ्चित गरिनु हुँदैन,” उनले भने।
भट्टराईले कारागारभित्र लामिछानेलाई राखिएको स्थानसमेत उपयुक्त नदेखिएको उल्लेख गर्दै सुधारको आवश्यकता औंल्याएका छन्।