काठमाडौं — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय शिक्षा विधेयक संसदबाट यथाशीघ्र पारित गर्न सरकारसँग माग गरेका छन्।

अखिल (क्रान्तिकारी)द्वारा बिहीबार काठमाडौंमा आयोजित शैक्षिक संवाद कार्यक्रममा बोल्दै प्रचण्डले एमाले र कांग्रेसकै कारण विधेयक संसदीय समितिमा रोकिएको आरोप लगाए।

उनका अनुसार सो विधेयक पारित भई उच्च शिक्षा आयोगको प्रतिवेदन कार्यान्वयनमा आए देशको शिक्षा क्षेत्रका करिब ९० प्रतिशत समस्या समाधान हुन सक्छ।

“संविधानको मर्मअनुसार शिक्षा सम्बन्धी ऐन बन्न नसक्दा अपेक्षित सुधार सम्भव भएको छैन,” प्रचण्डले भने। उनले ठूला पार्टीहरू अझै पनि निजी क्षेत्रलाई प्राथमिकता दिने मानसिकतामा रहेको टिप्पणी गरे।

शिक्षा सुधारको प्रयास गर्दा प्रतिरोध भोग्नुपरेको उल्लेख गर्दै प्रचण्डले “नेपालमा फेरि अर्को क्रान्तिको आवश्यकता देखिएको” बताए।

त्यसैगरी, विद्यार्थीहरूको जिज्ञासामा उनले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा नदिए ठूलो गल्ती हुने बताए। “उहाँलाई त्यो पदमा बस्ने नै अधिकार छैन,” प्रचण्डले टिप्पणी गरे।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!