धरान । श्रावण महिनाको सोमबारको अवसरमा परियार सेवा समाज धरान नगर समितिले धरान–१४ स्थित पिण्डेश्वरी बाबा धाम मन्दिर परिसरमा आएका तिर्थयात्री तथा भक्तजनलाई निःशुल्क पानी तथा जुस वितरण गरेको छ।

विभिन्न जिल्लाबाट चतरा पुगेर पवित्र कोशी नदीबाट जल उठाई “बोलबम बोलबम” भन्दै पैदलयात्रामा रहेका सयौं भक्तजनलाई समाजले शीतल जल वितरण गरेको हो।

कार्यक्रम समाजका कोशी प्रदेश सहसचिव कमल कार्किढोलिको प्रस्तावमा आयोजित गरिएको थियो। उनले विभिन्न प्रायोजकहरूबाट ५५ कार्टुन तथा १० जार पानी सहयोग स्वरूप उपलब्ध गराएका थिए।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने संस्थाहरूमा हाम्रो कार बजार ईटहरी, द ब्राइट फेब्रिकेट्स नेपाल, ए वान अटोमोबाइल्स, ॐ अटो ग्यारेज लगायत रहेका छन्। साथै, प्रेमप्रसाद बाँस्कोटा, अतीत राई, सकुन त्रिखत्री, कमल कार्किढोली, गणेश परियार, खगेन्द्र नेपाली, राम सेवा, राम परियार, कृतमान दर्नाल, कर्ण सुन्दास, रोशन ठटाल, कुमार दर्नाल, किशोर परियार लगायतका व्यक्तिहरूको विशेष सहयोग रहेको थियो।

कार्यक्रमबारे जानकारी दिँदै धरान नगर समितिका अध्यक्ष राम सेवाले श्रावण महिनामा जलको आवश्यकता महसुस गर्दै भक्तजनलाई जल सेवा प्रदान गर्दा मनैदेखि सन्तोष र खुसी मिलेको बताए।

कोशी प्रदेश सहसचिव कार्किढोलिले आगामी दिनमा पनि यस किसिमका धार्मिक तथा सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिँदै सम्पूर्ण सहयोगी मनहरूलाई धन्यवाद ज्ञापन गरे।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!