विराटनगर । मोरङ जहादा गाउँपालिका ३ स्थित खेल मैदानमा ५ औं संस्करणको वडा अध्यक्ष कप फुटवल प्रतियोगिता सुरु भएको छ ।
प्रत्येक वर्ष झै यस वर्ष वडा अध्यक्ष अनिल ठाकुरले वडा अध्यक्ष कप फुटवल प्रतियोगिता सुरु गरेका हुन ।
स्थानीय ५ वटा र विराटनगर महानगरपालिका ३ वटा चर्चित फुटबल टिम सहभागी रहेको प्रतियोगिता अगामी शनिवार सम्म चल्ने छ । नकआउटको आधारमा खेलाईने सो प्रतियोगिताको विजय टिमलाई ५१ हजार र उपविजेतालाई ३५ रकमको संगै शिल्ड र कप ले पुरस्कृत गर्ने आयोजकले जनाएको छ ।
स्थानीय युवा खेलाडीहरुको खेलकुद उपभोक्ता समितिले स्थानीय लक्ष्मी युवा स्पोटिङ्ग क्ल्वको सहकार्यमा सो प्रतियोगिता सुरु गरेको क्लवका श्रवणकुमार राजवंशीले जानकारी दिए ।
स्थानिय स्तरबाट राष्टिय खेलाडी उत्पादन गर्ने उदेश्यले मैले हरेक बर्ष हाम्रो पालिकाका खेलाडीहरुलैई अगाडी बढाउँन बजेट बिनियोजन गरेको छु र यसलाई निरन्तरता दिने छु जहादा गाउँपालिका वडा न – ३ का वडा अध्यक्ष अनिल कुमार ठाकुरले बताए।