हिपमत डटकम

मंगलबार, जेठ १६, २०८० || 3898  पटक पढिएको

काठमाडौं, जेठ १६ गते। सगरमाथा आरोहीद्वय ग्याल्जेन शेर्पा र पेमारिन्जी शेर्पाले सगरमाथाको चुचुरोमा नेपाली कांग्रेसको चारतारे झण्डा र चुनाव चिह्न रुख फहराउनु भएको भएको छ।

उहाँहरूले जेठ १० गते सगरमाथा आरोहणको क्रममा झण्डा र निर्वाचन चिह्न फहराउनु भएको हो। सगरमाथा आरोहणपछि आज आज नाम्चे आइपुग्नु भएका आरोही शेर्पाद्वयले सो जानकारी दिनुभएको हो।

आरोही ग्याल्जेन ओखलढुंगा जिल्ला खिजिदेम्बा गाउँपालिकाका वडा नम्बर ९ दरखर्क र पेमारिन्जी सोही पालिकाको छेर्मादिन ओङदीडाँडा निवासी हुनुहुन्छ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाका सचिव अजय लुइटेलले नेपाली कांग्रेसका सक्रिय सदस्यसमेत रहनुभएका आरोहीद्वयले पार्टीको भण्डा र चिह्न विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराउनुले कांग्रेसका तमाम नेता, कार्यकर्ता र मतदातामा उत्साह थपिएको बताउनुभयो।

उहाँलाई नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २०७९ चैत ११ गते नेपाली कांग्रेसको झण्डा र रूख हस्तान्तरण गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!