बिराटनगर । भाषा, कला र संस्कृति संरक्षण गर्दै स्थानीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विराटनगरमा आजदेखि ‘विराट राजवंशी महोत्सव–२०७९’ हुने भएको छ ।
“विराट राजवंशी प्रगतिशील विकास समाज समिति” को आयोजनामा हुन लागेको सो महोत्सव बिराटनगर-८ हाटखोला चोकको पुरानो बुद्ध हटिया लाग्ने खाली चौरमा हुने छ ।
आईतवार पत्रकार सम्मेलन गर्दै आदिवासी समुदायको रुपमा राजवंशीको संस्कृति पश्चिमाका कारण अतिक्रमणमा पर्दै गएकोले त्यसको संरक्षण र उत्थानका लागि महोत्सव आयोजना गरिएको आयोजक समितिले बताए ।
पछिल्लो समय विभिन्न भाषा, संस्कृति तथा मौलिक संस्कृतहरु आयातित संस्कृतिको अतिक्रमणमा परे जस्तै विराट राजवंशी समुदायको संस्कृति पनि जोखिममा परको परेको छ । विराट राजवंशीका भाषा, कला(संस्कृति, सत्कारहरु उजागर गर्न र संरक्षण गर्न विराट राजवंशीलाई विराटनगरमा पहिलो जातिको रुपमा सूचिकृत गर्नका उद्देश्यले आयोजना गरेको यस विराट राजवंशी दोस्रो महोत्स्व २०७९ असोज १० गते देखि असोज २१ गते सम्म हुने बताए ।
महोत्सवमा राजवंशी समुदायका मौलिक खानपान, भेष-भाषा प्रदर्शन, संस्कृतिहरु प्रदर्शन गरिनुका साथै बालबालिका तथा युवा युवतीहरुका मनोरन्जनका निम्ति कला, रोटे पिङ्ग, ब्रेक डान्स तथा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती सहित जम्मा ५० वटा स्टलहरु हुनेछन् हुने आयोजकले बताए ।
महोत्सव आयोजनमा लगभग ६० लाख रुपैया खर्च हुने आयोजक समितिको अनुमान रहेको छ । टिकटको दर १०० रुपैया राख्ने आयोजकले बताए।
विराट राजवंशी समुदाय विराटनगर पेरिफेरी जस्तै मोरा, सुनसरी, झापा लगायतका विभिन्न जिल्लाहरु सदियौदेखि बसोवास गर्दै आएको समुदाय हो । यो समुदायको भाषा, संस्कृति र पहिरन छ । विराटनगर महानगरपालिका सहित आसपासका गाउपालिकामा सो समुदायको ४०,००० जनसंख्या रहेको हाम्रो अनुमान छ।