हिपमत डटकम

सोमबार, भाद्र २०, २०७९ || 316  पटक पढिएको

अगामी ४ मंसिरमा हुन लागेको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको उम्मेदवारका लागि ‘मिष्टर नेपाल २०१९’ विजेता डा.सन्तोष उपाध्याय पनि सिफारिस भएका छन् । उनी नेपाली कांग्रेसको तर्फबाट अछाम क्षेत्र नम्बर २ प्रदेश सभा ‘ख’ बाट सिफारिसमा परेका हुन् ।

कांग्रेस अछामले उम्मेदवार सिफारिसमा डा.उपाध्यायसहित ९ जनाको नाम क्षेत्रीय समितिलाई पठाएको छ । सोही नाम क्षेत्रीय समितिले जिल्लालाई र जिल्लाले प्रदेश तथा केन्द्रीय समितिलाई पठाएको जिल्ला सभापति पुष्पबहादुर शाहले बताए ।

३१ वर्षीय डा.उपाध्याय चिकित्सा क्षेत्रमा पनि चर्चा कमाएका व्यक्ति हुन् । ‘मिस्टर नेपाल २०१९’ को विजेता बनेका उनी २०२० मा मिस्टर सुपस्टारसँगै ‘मिस्टर सुप्राईन्टरनेशनल २०२१’ मा थर्ड रनरअप भएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!