हिपमत डटकम

सोमबार, भाद्र १३, २०७९ || 6539  पटक पढिएको

रुपन्देही प्रहरीले स्रोत नखुलेको साढे २४ लाख रकमसहित एकजनालाई पक्राउ गरेको छ । रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.१ वाईपासस्थित स्रोत नखुलेको अवैध रकम ओसारपसार भएको भन्ने सूचनाको आधारमा प्रहरीले बुटवल उप–महानगरपालिका वडा नं. ८ सुख्खानगर बस्ने वर्ष २८ को सन्दिप शाक्यलाई पक्राउ गरेको हो ।

शाक्यले बोकेको कालो रङ्गको झोलाबाट आइतबार बेलुका श्रोत नखुलेको नेपाली रु.२४,५०,०००/-(चौबिस लाख,पचास हजार) फेला पारेको उक्त रकमसहित पक्राउ परेका शाक्यलाई आवश्यक कारवाहीका लागि आज सोमबार भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी श्याम अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!