हिपमत डटकम

सोमबार, भाद्र १३, २०७९ || 2188  पटक पढिएको

काठमाडौं । गिरिजा प्रसाद कोइराला फाउण्डेशन वागमती प्रदेश र काठमाडौं महानगरपालिका वडा नं ८ को आयोजनामा होलबडी चेकअप शिविर सम्पन्न भएको छ । आइतबार महानगरपालिका ८ नं वडा कार्यालय जयवागेश्वरीमा आयोजित कार्यक्रममा विभिन्न रोगको स्वास्थ्य परीक्षण गरिएको आयोजकले जनाएको छ ।

शिविरमा ३२५ जनाले सेवा लिएको फाउण्डेसनका वाग्मती प्रदेश सहसंयोजक कुमार खड्काले जानकारी दिए । खड्काका अनुसार नेपाली काँग्रेसका महामन्त्री एवं क्षेत्र नं ४ का सांसद गगन थापाको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा काठमाडौं मेडिकल कलेजका ३५ जना स्वास्थ्यकर्मीहरूको सहभागिता थियो ।

कार्यक्रममा जनरल मेडिकल, प्रसूति तथा स्त्री रोग, बालरोग, शल्यक्रिया, छाला रोग, हाडजोर्नी तथा नसा, नाक कान घाँटी, आँखा रोगको उपचार गरिएको थियो । साथै चिकित्सकको सिफारिसमा इसिजी, ल्याबटेस्ट, भिडियो एक्सरे सेवा पनि सञ्चालनमा रहेको खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!