हिपमत डटकम

आइतबार, भाद्र १२, २०७९ || 5629  पटक पढिएको

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ९५९ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण शनिबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

 

कारवाहीमा पर्नेमा मदिरा पिएर सवारी साधन चलाउने २४२ जना, फुटपाथमा पार्किङ गर्ने २१५ जना, अनावश्यक हर्नको बजाउने २०९ जना, तीव्र गतिमा सवारी साधन चलाउने १९३ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ९१ जना सवारी चालक रहेका छन् ।

यस्तै ढोका खुल्लै राखेर सवारी चलाउने ८३ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ७६ जना, लेन उल्लङ्घन गर्ने ४९ जना, अवस्था ठीक नभएका सवारी साधन चलाउने ६० जना र क्षमता भन्दा बढी यात्रु राख्ने ३० जना चालकलाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!