हिपमत डटकम

शनिबार, भाद्र ११, २०७९ || 7275  पटक पढिएको

बिराटनगर। झापाको दुधे भेट्रान क्लब विराटनगरमा सुरु भएको मुस्तांग विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको प्रतियोगिताको पहिलो खेलमा विराटनगरको मिल्स भेट्रान क्लबलाई १ शुन्यले पराजित गर्दै झापाको टोलीले अन्तिम चारमा स्थान बनाएको हो । कुल ७० मिनेटको खेलमा पहिलो ३५ मिनेटको हाफमा दुवै टोली गोलरहित बराबरीमा रहेका थिए ।

यद्धपी, दोस्रो हाफको खेल सुरु भएसंगै वर्षाले दुधे भेट्रान क्लबका खेलाडीलाई साथ दिएको थियो । पहिलो हाफमा थकित देखिएका मिल्सको कमजोर रक्षापंक्ति चिर्दै दुधेका भीष्मप्रसाद खरेलले आकर्षक गोल गरेका थिए । झमझम वर्षासंगै खेलको ५६ औं मिनेटमा खरेलले गरेको प्रहार मिल्सका गोलरक्षकले बचाव गर्न असफल भएका थिए । अन्तत: सोही गोल दुधे भेट्रान्सको जितमा निर्णायक बनेको थियो । खेलमा निर्णायक गोल गरेका खरेललाई विराट मेघा स्पोर्टस क्लबका सदस्य नविन थापा र सिजी ब्रुअरी प्रदेश १ का प्रमुख ओमकार कार्कीले संयुक्त रुपमा म्यान अफ दि म्याचको पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगिता अन्र्तगत आइतबारको खेलमा सुनसरीको दुहबी भेट्रान क्लबले मोरंगको सिद्राहा भेट्रान क्लबको सामना गर्ने प्रतियोगिता संयोजक बसन्त राज अर्यालले जानकारी दिए । प्रतियोगितामा सहभागि ९ वटा टोलीले ४० वर्षभन्दा माथि उमेर समूहका खेलाडीलाई मैदानमा उतार्नुपर्ने प्रावधान रहेको सह संयोजक एवं जिल्ला फुटबल संघ मोरंगका महासचिव विनेश बस्नेतले जानकारी दिए ।

प्रतियोगितामा विजयी टोलीले १ लाख रुपैया र ट्रफी हात पार्ने उनले जानकारी दिए । विराटनगर मेघा स्र्पोटस् क्लबका अध्यक्ष अजित सिंहका अध्यक्षतामा आयोजित प्रतियोगिताको उद्घाटन विराटनगर महानगरका मेयर नागेश कोइरालाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!