हिपमत डटकम

सोमबार, पौष १४, २०८२ || 435  पटक पढिएको

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई निकास दिने सबैभन्दा उत्तम विकल्प निर्वाचन नै भएको बताएका छन्। सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचन बाहेक अन्य विकल्पतिर सोचिए देश फेरि अर्को दुर्घटनातर्फ जान सक्ने चेतावनी दिए।

उनले सबै राजनीतिक दल निर्वाचनमार्फत नै देशलाई राजनीतिक स्थिरता, स्थायित्व र विकासको नयाँ प्रक्रियातर्फ लैजान सहमत देखिएको बताए। सामूहिक प्रयासबाट मात्रै संकटमा परेको राष्ट्रलाई निकास दिन सकिने उनको भनाइ थियो।

प्रचण्डले भने, ‘देशलाई निकास दिने सबैभन्दा राम्रो विकल्प निर्वाचन नै हो। अन्य विकल्पतिर सोच्दा देश फेरि अर्को दुर्घटनामा पर्न सक्छ। त्यसैले पहिलो पार्टी र नेतृत्वको हैसियतले हामी आज निर्वाचन प्रक्रियामा बन्दसूची प्रस्तुत गर्दैछौँ।’

उनले थपे, ‘विभिन्न उतार–चढावका बाबजुद पनि सबै राजनीतिक दल निर्वाचनमार्फत नै देशलाई राजनीतिक स्थिरता र विकासको नयाँ प्रक्रियातर्फ लैजान सकिन्छ भन्ने निष्कर्षमा पुग्नु सकारात्मक पक्ष हो। यस वातावरण निर्माणमा योगदान दिने सबैलाई धन्यवाद दिन चाहन्छु।’ b

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!