निर्माण अगावैदेखि स्टारकास्टका कारण चर्चामा रहेको चलचित्र ‘प्रेमगीत ३’ को फर्स्ट टिजर सार्वजनिक भएको छ । सार्बजनिक टिजरमा प्रदीप खड्का, सुनिल थापा, सिब श्रेष्ठ, पुस्कर कार्की आदि कलाकारलाई देखाइएको छ । टिजरमा मनिष राउत र प्रदीप खड्काको युद्दलाई हेर्न सकिन्छ भने चलचित्र ‘प्रेमगीत ३’मा प्रदीप, क्रिस्टिना, अनुभव र सम्वृद्धिका अलावा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री, क्रिजन गौतम, जीवन भट्टराईलगायतका कलाकारको पनि अभिनय छ । चलचित्रले डेढ सय वर्ष अगाडिको प्रेमकथा भन्छ । चलचित्रलाई छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गरेका हुन् । टिजर हेर्नुस :

चलचित्रमा अभिनेता प्रदीप खड्का ‘प्रेम’ र नव-अभिनेत्री क्रिस्टिना गुरुङ ‘गीत’ को भूमिकामा छन् । चलचित्रमा अनुभव प्रदीपको बाल्यकाल (प्रेम) को भूमिकामा देखिँदैछन् । भने, सम्वृद्धि क्रिस्टिनाको बाल्यकाल (गीत) को भूमिकामा छिन् । उक्त फिल्मको गीतमा प्रताप दास , मेलिना राइ , सागर आले र प्रबिशा अधिकारीको स्वर रहेको । सो फिल्मको गीतमा सब्द हर्क सौद र राजेश कुमार श्रेष्ठको छ भने कल्याण सिङ्ग र अलिशा कार्कीले संगीता भरेका छन् ।

कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको चलचित्रमा राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजले कोरियोग्राफी र बनिश शाह तथा भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् । छेतेन गुरुङ र मन्दीप गौतमको लेखन रहेको चलचित्र आउँदो चैत २८ गतेबाट प्रदर्शनमा आउँदैछ । ‘प्रेमगीत ३’ को यसअघि पनि ‘हात्ती ढुंगामा’ र हर युग होस् बोलको गीतले अहिलेसम्म चर्चा कमाइरहेको छ ।

https://www.youtube.com/watch?v=LhLZX1xZd-A&t=43s

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!