हिपमत डटकम

शनिबार, भाद्र ११, २०७९ || 5603  पटक पढिएको

सुर्खेत। नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाउने भएको छ। हालको मन्त्रिपरिषद्मा रहेका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएर माओवादीले रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यलाई पठाउन लागेको छ।

माओवादी केन्द्रको संसदीय दलको साउन २६ गतेको बैठकले हालका मन्त्रीहरू फिर्ता बोलाएर नयाँलाई पठाउने निर्णय गरे पनि त्यसको औपचारिक जानकारी सरकारलाई बिहीबार मात्रै दिएको थियो। गैरसांसद कार्चेन लामाको ६ महिने कार्यकाल सकिएसँगै बाँकी रहेका दुई मन्त्रीलाई पनि फिर्ता बोलाउने चर्चा चलेको थियो।

माओवादी केन्द्रको नेतृत्व गर्दै सरकारमा सहभागी सुर्खेतबाट निर्वाचित सांसद विष्ट र जाजरकोटबाट निर्वाचित सिंहले आगामी मंसिर ४ गते हुने निर्वाचनमा साबिककैै निर्वाचन क्षेत्रबाट टिकट पाउने निश्चित नहुँदासम्म राजीनामा नदिने अडान लिएका थिए।

माओवादी केन्द्रले गैरसांसद लामाले सम्हालेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी डोल्पाबाट निर्वाचित सांसद वीरबहादुर शाहीलाई दिएको थियो।

माओवादी केन्द्रले सरकारमा सहभागी मन्त्रीले राजीनामा नदिँदै नयाँ बन्ने मन्त्रीको नाम सरकारलाई बुझाइसकेको छ। स्रोतका अनुसार रातो कामीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय तथा शाहलाई जलस्रोत तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइनेछ।नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!