हिपमत डटकम

शनिबार, भाद्र ११, २०७९ || 474  पटक पढिएको

विराटनगर ।चेतना संरक्षण प्रतिष्ठानले १८ औं वार्षिक साधारणसभाका अवसरमा असल सन्तान सम्मान समर्पण गरेको छ ।
१८ औं वार्षिक साधारणसभाको अवसरमा असल सन्तान सम्मानबाट विराटनगर–११ का सुमन दाहाल र असल बुहारीका रुपमा रञ्जिता दाहाललाई सम्मान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डाक्टर टंकप्रसाद न्यौपाने र आयोजक संस्थाकी अध्यक्ष प्राज्ञ गंगा सुवेदीले संयुक्त रुपमा दाहाल दम्पत्तिलाई टीका, खादा लगाएर ११ हजार राशिसहित सम्मानपत्र प्रदान गर्नुभयो । दाहाल दम्पत्तिले लामो समयदेखि अल्जाइमर रोगबाट पीडित बुवाको सेवा गरेबापत सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ ।

त्यसैगरी सोही अवसरमा डा. नरेन्द्र–योगमाया–भवानीशङ्कर चापागाईं युवा प्रतिभा पुरस्कारकी संस्थापक एवं साहित्यकार सरला चापागाईलाई समेत सम्मान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि न्यौपानेले चेतना संरक्षण प्रतिष्ठानले साहित्य र समाजसेवामा पु¥याएको योगदानको चर्चा गर्नुभयो । प्रतिष्ठानले असल सन्तानलाई सम्मान गरेर महत्वपूर्ण कार्य गरेको उहाँको भनाइ थियो । यस्ता कार्यक्रम युवाहरुले पनि हेर्नुपर्ने र सुन्नुपर्नेमा न्यौपानेले जोड दिनुभयो ।

त्यसैगरी वरिष्ठ समाजसेवी एवं प्रतिष्ठानका संरक्षक दीनबन्धु गोयलले चेतना संरक्षण प्रतिष्ठानले आफूलाई समाजप्रति जिम्मेवार भएर अगाडि बढ्न थप प्रेरित गरेको बताउनुभयो । प्रतिष्ठानकी अध्यक्ष प्राज्ञ गंगा सुवेदीले सबैको साथ र सहयोगले प्रतिष्ठानले १८ औं वार्षिक साधारणसभा मनाउने अवस्थामा आइपुगेको धारणा राख्नुभयो । कार्यक्रममा चेतना मासिक कार्यक्रमका संयोजक मीनकुमार नवोदित, प्रतिष्ठानका सदस्य दिङ्लाली कान्छो, बाबुराम श्रेष्ठ वर्षालगायतले प्रतिष्ठानका गतिविधिका बारेमा आफ्ना धारणा राख्नु भएको थियो । कार्यक्रममा साहित्यकार, समाजसेवीलगायत उपस्थिति रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!