जनकपुरधाम।जनकपुरस्थित मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा प्रदर्शनकारीले ढुंगामुढा प्रहार गरेका छन्। मंगलबार बिहानैदेखि प्रदर्शनमा उत्रिएका युवाहरूको समूहले केहीबेरअघि कार्यालयमा ढुंगामुढा गरेका हुन् सोमबारको प्रदर्शनमा देशभर १९ जनाले ज्यान गुमाएपछि प्रदर्शनकारी थप आक्रोशित भएका छन्। आज पनि देशभर प्रदर्शन जारी छ र ठाउँ-ठाउँमा प्रदर्शन थप आक्रामक बन्दै गएको छ।