हिपमत डटकम

बिहिबार, भाद्र ०९, २०७९ || 1723  पटक पढिएको

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका-७ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर ३ सय १० मिलिग्राम सहित सोही उपमहानगरपालिका-७ देवरिया बस्ने २४ वर्षीय फुलचन्द्र रानालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

त्यसैगरी वाग्लुङ जिल्लाको बडिगाड गाउँपालिका-७ डडीखोला बस्ने १९ वर्षीय गगन रोक्कालाई अवैध लागू औषध चरेश जस्तो देखिने वस्तु करिब २ सय ७० ग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय भिमगिठेबाट खटिएको प्रहरीले उनकै घरबाट उक्त वस्तुसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!