हिपमत डटकम

मंगलबार, भाद्र ०७, २०७९ || 8412  पटक पढिएको

बिराटनगर । मानिस अन्यायमा परेपछि न्यायको लागि अदालत जान्छ । तर मोरगंको जिल्ला अदालत परिसरबाटै एक जनाको साईकल चोरी हुन्छ । गत भदौ ५ गते आईतबारको दिन बिहान १० बजे कोठाबाट चढेर आएको साईकल बेलुका फर्किने बेलामा रहदैन ।

यो घटना पर्सा जिल्ला बिरगंज महानगरपालिका वडा नम्बर १८ बस्ने राजकुमार साहसंग घटेकाे छ। बिरगंजबाट कानुन पढनका लागि आएका साह बिराटनगर महानगरपालिका वडा नम्बर ०५ सम्झना चौकमा डेरा गरी बस्दै आएका छन् । उनी हाल ब्राईट भिजन ल कलेजमा बिए.एल.एल.बी दोस्रो बर्षमा अध्यनरत छन् । बिहानको सयमा कलेज गरी अफीसको समयमा अदालतमा एउटा प्रईभेट ल फर्ममा अभ्यास गर्दै आईरहेका छन् ।

साह हिपमत मिडीयासंग कुरा गर्दै भने म एक समान्य परीवारका मानिस । मैले बिराटनगरमा यी एउटा साईकलको भरमा आफ्नो दिनहरु काटदै आएको थिए । हाम्रो देशको कानुन ब्यवस्था कस्तो छ की चोरले बिराटनगर स्थित रहेको मोरगं जिल्ला अदालको परिसरबाटै साईकल चोरी गर्छन् । चोरलाई यो कुरा पक्कै थाह छ की हामी जहाँ सुकैबाट चोरी गर्दा पनि केही फरक पर्ने बला छैन भन्ने ।

मानिसलाई न्याय चाहीन्छ भने अदालत जान्छ तर म कहाँ जानु । मेरो साईकल त अदालतबाट नै चोरी भएको हो । कस्तो छ नेपालको पुलीस प्रशासन, नेपालमा अदालत जस्तो ठाउँ सुरक्षित छैन भने अरु ठाउँमा कस्तो होला भन्ने प्रश्न समेत गरे ।

साईकल हराएका बेथा सुखी सम्पन्नलाई के थाह , यसको बेथा त हामी जस्ता गरी खाने मान्छेलाई हुन्छ। साईकलकै भरमा ओहर दोहर गदै आईरहेको तर अब त्यसमा पनि समस्या हुने साह बताउँछन् ।

बिराटनगर प्रदेश १ को राजधानी हो । यहाँ दिन प्रतिदीन साईकल र मोटरसाईक चोरीका घटनाहरु बढदै गएका छन् । यस्ता घटनाले मोरगंको मात्र नभई प्रदेश १ कै नाम बदनाम हुने हो । त्यसैले यी र यस्ता घटना प्रती प्रहरीले ध्यान दिई घटना हुन बाट रोक्नु पर्छ भन्ने अग्रह समेत गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!