मंगलबार, फाल्गुण २०, २०७६ || 1511  पटक पढिएको

पुर्व नेविसंघ मोरङका नेताहरुले पार्टी सुद्धिकरण र सुदृढीकरण गर्न माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलको ध्यान आकषर्ण गराएका छन । मंगलबार विराटनगरमा अवस्थित पुर्व प्रधानमन्त्री स्वर्गीय गिरीजाप्रसाद कोईराला निवासमा पुगेर पुर्व नेविसंघका नेताहरुले वरिष्ठ नेता पौडेललाई प्रतिवद्धता र संकल्प पत्र बुझाउदै पार्टीलाई समय सापेक्ष , सुद्धिकरण र सुदृढीकरण गर्न माग गर्दै १५ बुँदे प्रतिवद्धता र संकल्प पत्र बुझाएका हुन । पछिल्लो समय कांग्रेस कम्जोर बन्दै गएपछी चिन्तीत बनेका नेविसंघ मोरङका पुर्व नेताहरु कांग्रेसलाई बलीयो बनाउन ध्यानआकर्षण गराउदै सो बुझाएको बताईएको छ ।

 

 

कार्यक्रममा प्रभावशाली केन्द्रीय सदस्य डा. शेखर कोइराला, केन्द्रीय सदस्य अमृत अर्याल थिए । नेविसंघ मोरङका पुर्व नेताहरु मदन संग्रौला , यदु विष्ट,राजु मास्के, विमल संग्रौला, मान बहादुर लिम्बु, राम नरेश यादव ,गोमा पराजुली , प्रमिला थापा, दिनानाथ आचार्य, जिवेन्द्र धमला, विक्रम लिम्बु, सन्तोस न्यौपाने, लगायतको टोलि ध्यान आकर्षण गराउन प्रतिवद्धता र संकल्प पत्र लिएर कोईराला निवास पुगेका थिए । प्रतिवद्धता र संकल्प पत्र बुझदै वरिष्ठ नेता पौडेलले पुर्व नेविसंघ मोरङका नेताहरुको अभियानलाई पुर्ण साथ र समर्थन रहेको बताए ।

 

उनले सो अभियानलाई अविचलीत र ईमान्दार पुर्वक १५ बुदालाई गलत व्यख्या नगरी अभियान संञ्चालन गर्न प्रोत्साहन गरे । पार्टीसभापती शेरबहादुर देउवाले पार्टी प्रभावकारी तरीकाले संञ्चालन गर्न नसकेको आरोप लागीरहेकोबेला विराटनगर आईपुगेका वरिष्ठ नेता पौडेललाई प्रतिवद्धता र संकल्प पत्र बुझाउनुले कुटनितीक अर्थ राखेको बुझीएको छ ।

                                                        १५ बुँदामा के छ ?


                                                 

 

                                                               अमृत अर्याल कोईराला निवासमा

पार्टी सभापती शेर बहादुर देउवा निकट मानिएका मोरङका प्रभावशाली केन्द्रीय सदस्य अमृत अर्याल समेत वरिष्ठ नेता रामचन्द्र पौडेल संग कोईराला निवास पुगेका छन । डाक्टर शेखर , सुजाता कोईराला र अर्यालको दुरी बढेको निक्कै बर्षपछी अर्याल पौडेल संग निवास छिरेका हुन । त्यो भन्दा अघि स्वर्गीय पुर्व प्रधानमन्त्री गिरीजाप्रसाद कोईराला हुदा बाक्लो आवत जावत थियो । उनिलाई मंगलबार एका–एक कोईराला निवासमा देख्दा सबै छक्क परे । उनले खेमा परीर्वतन गरेको अकलन समेत हुन थालेको छ ।

अर्याल पौडेललाई पु¥याउन विराटनगर विमान स्थल सम्म पुग्न भ्याए । अर्याललाई कोईराला निवासकै सहयोगमा पहिलोपटक पार्टी सभापतीमा अशोक कोईरालालाई हराएका थिए । उनलेभने,‘ पौडेल नेता जि आएपछी जानै प¥यो नी,‘ । अर्यालले खेमा परीर्वतन गरेको आशंका गरिएको छ । विगत ६ बर्ष देखि का्ेईराला निवास संग टाढिएका अर्याल एका–एक कोईराला निवासमा देखिएपछी बजारमा चर्चा शुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!