हिपमत डटकम

मंगलबार, भाद्र ०७, २०७९ || 2353  पटक पढिएको

नेकपा एमालेले मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीबाट उम्मेदवार बन्न आवस्यक मापदण्ड तोक्ने भएको छ । आन्तरिक तयारी पूरा गरेर निर्वाचनमा होमिने योजनामा रहेको सो पार्टीको आज बस्ने स्थायी कमिटी बैठकमा त्यसबारे छलफल गर्नेछ ।

‘स्थायी कमिटीले केन्द्रीय कमिटी बैठकमा छलफल र पास गर्ने प्रस्ताव तय गर्छ । त्यसमा उम्मेदवारको मापदण्डबारे छलफल गर्छ’, एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले भने, ‘त्यसबाहेक सांगठनिक विषयमा समेत छलफल हुन्छ ।’

एमालेले निर्वाचन केन्द्रीत बैठक डाकेको छ । जसमा भदौ ९ गते पोलिटब्युरो तथा भदौ १० र ११ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ । त्यस्तै भदौ १२ गते केन्द्रीय निर्वाचन परिचालन कमिटी बैठक बैठक सकेर नेताहरु निर्वाचनका ठोस योजनाहरू बोकेर गाउ तथा जिल्ला पस्नेछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!