हिपमत डटकम

सोमबार, भाद्र ०६, २०७९ || 1880  पटक पढिएको

केन्यासँग टी–ट्वान्टी र एकदिवसीय सिरिज खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोलीलाई आज विदाई गरेको हो । नेपाली टोली आजै केन्या प्रस्थान गर्ने छन् । नेपालले घरेलु टोली केन्यासँग ५ खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ ।

५ खेलको टी–ट्वान्टी सिरिज भदौ ९ बाट १४ गते सम्म हुनेछ । ३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म चल्नेछ । दुबै सिरिज नैरोबीस्थित जीमखाना मैदानमा हुनेछ ।

नेपाली टोली :
सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख, आरिफ शेख (विकेट किपर), दीपेन्द्र सिंह ऐरी, देव खनाल, आदील आलम,करण केसी,ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद (विकेट किपर), पवन सर्राफ, शाहब आलम, किशोर महतो, विवेक यादव

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!