हिपमत डटकम

आइतबार, भाद्र ०५, २०७९ || 15099  पटक पढिएको

भरतपुर। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको मुहार फेर्न अहोरात्र खटिरहेको बताएकी छन् । आइतबार भरतपुर–१७ मा अवस्थित धावालिङ बौद्ध गुम्बामा निर्माण भएको मूर्तिको अनावरण गर्दै मेयर दाहालले विगत ५ वर्षमा पुरा हुन नसकेको अधुरा कामलाई निरन्तरता दिँदै जनताको इच्छा र चाहानालाई सम्बोधन गर्दै अबको ५ वर्ष अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी हुन् ।

भरतपुर महानगरपालिकालाई नेपालकै नमुना महानगरका रूपमा स्थापित गर्न यहाँ आवश्यक पूर्वाधार निर्माण भइरहेकाले सुन्दर र सुसंस्कृत सहरका रूपमा परिचित हुने क्रममा रहेको मेयर दाहालको भनाइ थियो । भरतपुरमा निर्माण भइरहेका पूर्वाधार निर्माण सम्पन्न हुँदा देशभरबाट हेर्न आउने सहर बन्ने मेयर दाहालले बताइन् ।

‘भरतपुर महानगरले सबै क्षेत्रलाई समेटेकै छ,’ उनले भनिन्, ‘जनताको हरेक सुख दुःखमा स्थानीय सरकार साथमा छ । महानगरवासीको इच्छा र चाहाना अनुसार विकासको कामलाई अगाडि बढाएको छौ । धेरै कामहरू गर्न बाँकी छ । ५ वर्षमा धेरै काम गर्न सकिन्छ ।’

सडक पूर्वाधार, भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, रोजगारीको क्षेत्रमा उल्लेख्य विकास भएकाले अब जनतालाई कसरी खुसी बनाउन सकिन्छ भन्ने तर्फ महानगरपालिकाले ध्यान केन्द्रित गरेको मेयर दाहालको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!