हिपमत डटकम

आइतबार, भाद्र ०५, २०७९ || 793  पटक पढिएको

सिन्धुपाल्चोक । बलेफी गाउँपालिका –७ का कान्छीमाया तामाङलाई ७२ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त भएको छ । वडा अध्यक्ष गृबिन्द्र चौलागाइँले वडा मुचुल्का गरेर तामाङलाई नागरिकता दिलाउनु भएको हो । अविवाहित कान्छीमाया आफ्नो दिदीको छोरा रामबहादुर तामाङको आश्रयमा बस्दै आउनुभएको छ । बलेफी गापा –७ चिम्लिङबाट खाडीचौरस्थित वडा कार्यालय हुँदै सदरमुकाम चौतारा पु¥याई जिल्ला प्रशासन कार्यालयबाट नागरिकता दिलाएको वडा अध्यक्ष चौलागाइँले जानकारी दिनुभयो ।

वडा अध्यक्षको ब्यक्तिगत खर्चमा तामाङलाई सदरमुकाम लगेर नागरिकता दिनेकाम भएको हो । कान्छीमायाले पहिलो पटक गाडी चढेको बताउनुभएको छ । नागरिकता प्राप्त भएपछि कान्छीमाया खुशी भएको रामबहादुरले बताउनुभयो ।

कान्छीमायालाई ७२ बर्षसम्म नागरिकता नपाउँदा नागरिक हुनुबाट बञ्चित हुनुपरेको, राज्यबाट पाउने सेवा सुबिधाबाट बञ्चित हुनुपरेको थियो । कान्छीमाया बलेफी गापा–७ का धतुरे तामाङकी कान्छी छोरी हुनुहुन्छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!