बिराटनगर । नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको हाल ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वकीय सचिव मन्दिप भारतीले जानकारी दिए । गिरि घाँटीको क्यान्सर रोगबाट पीडित छन् ।
सामाजिक संजालमा गिरीको मृत्युको खबर भाईरल भएको प्रति कांग्रेसका नेताहरुले दुख व्यक्त गरेका छन्। मृत्यु जस्तो संवेदनशील बिषयमा गम्भीर हुन नेताहरुले आग्रह समेत गरेका हुन्।
ज्युदो मानिसको मृत्युको खबर यसरि बिना पुष्टि सामाजिक संजालमा राख्दा परिवार जनामा गहिरो पिडा हुने नेपालि काङ्ग्रेस प्रदेश एकका कोषाध्यक्ष राजेश गुप्ताले हिपमत मिडियालाई बताए।
हामि सबै मिली अहिले प्रदिप दाईको स्वाश्थ्य लाभको कामना गर्दै छौ भगवान पशुपति नाथको कृपाले दाई एकदम ठिक हुनुहुने छ मैले बिश्वाश लिएको छु गुप्ताले हिपमत मिडियालाई बताए।