भक्तपुर । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सूर्यविनायक नगरपालिका-८ बस्ने ५० वर्षीय चण्डेश्वर थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
थापाले ती महिलालाई गत साउन २५ गते जबरजस्ती करणी गरी फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले मध्यपुरठिमी नगरपालिका-४ नयाँठिमीबाट पक्राउ गरेको हो ।