जिल्लाको काठमाडौं महानगरपालिका-२ लाजिम्पाट खुर्सानीटारबाट अवैध लागूऔषध गाँजा ३ सय ५० ग्राम सहित रामेछाप घर भएका १९ वर्षीय चिना तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
त्यसैगरी मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपलिका-१० न्युरेनीबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ ३ ग्राम ५ सय मिलिग्राम सहित सोही उपमहानगरपलिका-३ बस्ने १९ वर्षीय राजेन्द्र कामीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
त्यसैगरी झापा जिल्लाको मेचीनगर नगरपालिका-६ स्थित मेचीपुलबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ १ ग्राम सहित अर्जुनधारा नगरपालिका-११ बस्ने ३२ वर्षीय पशुपति दाहाललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
त्यसैगरी धादिङ जिल्लाको गजुरी गाउँपालिका-५ घाटबेसीबाट करिब २ सय ६४ केजी अवैध लागूऔषध गाँजा सहित सोही गाउँपालिका-७ बस्ने ३६ वर्षीय बुद्धिमान तामाङलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले काठमाडौंबाट भैरहवा जान लागेको ग.१ ख ९७५४ नम्बरको ट्रकमा लोड गर्दै गरेको अवस्थामा उक्त गाँजा फेला पारी ट्रक चालक तामाङलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।