मंगलबार, फाल्गुण २०, २०७६ || 1091  पटक पढिएको

सुनसरी बराहक्षेत्र-७ देबिघाट बस्ने पुर्ण बहादुर लिम्बुको छोरा १९ बर्षीय पारस लिम्बु मृत अवस्थामा फेला परेका छन । हिजो दिउँसो साढे २ बजे घरबाट कोहि कसैलाई नसोधि हिडेका लिम्बु बराहक्षेत्र-६ ठाकुरबारीको कोशी किनारमा पानी जमेको खाल्टोमा मृत अवस्थामा फेला परेका हुन । हिजै सोही स्थानमै देबिघाट बस्ने १५ बर्षीया मौसम बर्देवा मृत अवस्थामा फेला परेकी थिईन । घटनास्थलमा पुगेका पारस लिम्बुको बुबाले सोही स्थानमा आफ्नो छोराको मोबाईल र चप्पल देखेपछी आफ्नो छोराको खोजीका लागी प्रहरीमा खबर गरेका थिए । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले पानीमा तैरिएको अवस्थामा बालिकाको शव निकाल्ने क्रममा सोही पानी जमेको खाल्टो मुनीबाट हराएका भनिएको १९ बर्षीय पारस लिम्बुको शव समेत फेला पारेको थियो । दुबैको शव एकै ठाउँमा  फेला परेको पाईएसंगै घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!