विराटनगर । नगर बाल क्लब सञ्जाल विराटनगर महानगरपालिकाले विराटनगर १४ मा रहेको सुकुम्बासी वस्ती विष्णुपुर टोलमा शैक्षिक सामाग्रीमा वितरण गरेको छ ।

क्लबले नव बुद्ध युवा क्लब जहदाको समन्वयमा विराटनगर महानगरपालिका १४ का ति टोलका २३ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो । सामग्रीमा एक जना बराबर १० कोपी गरी जम्मा २३० थान, २३ थान ज्यामेट्रि बकस, २३ थान कलर पेन्शील रहेको थियो ।

बुधबार विष्णु टोलमा आयोजित एक समारोहमा कार्यक्रमका प्रमुख अतिथि बिराटनगर महानगरपालिका वडा नं १४ का  वडा अध्यक्ष सुर्यनारायण महतो, अतिथी नव बुद्ध युवा क्लबका अध्यक्ष अभय मगर सथै महेन्द्र मोरङ क्याम्पसमा अध्यनरत छात्रछात्रा को उपस्थितिमा शैक्षिक सामग्री बितरण गरेको हो ।

महानगर भित्र रहेका बिराटनगर १४ का विष्णुपुर टोल भौगोलिक रुपमा बिकट रहेको छ । सुकुम्बासी वस्ती विष्णु टोलका विद्यार्थीहरुलाई शैक्षिक सामग्री अभाव रहेको जानकारी प्राप्त भएपछि हामीले जीवन विकास समाज कटहरि- २ मोरङको सहयोगमा स्टेशनरी सामग्री वितरण गरिएको नव बुद्ध युवा क्लबका अध्यक्ष अभय मगरले हिपमत डटकमलाई बताए ।

जीवन विकास समाज कटहरि २ मोरङले सामाजिक बिकासका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको प्रमुख अतिथी वडा अध्यक्ष महतोले बताए । साथै सामग्री बितरण गर्ने सम्पुर्णलाई मेहताले धन्यवाद दिएका थिए ।

क्लबका अध्यक्ष गौतम मण्डलको अध्यक्षतामा सम्पन्न शैक्षिक सामग्री वितरण कार्यक्रममा बिराटनगर महानगरपालिका वडा नं १४ का अध्यक्ष सुर्यनारायण महतो, नव बुद्ध युवा क्लबका अध्यक्ष अभय मगर, महेन्द्र मोरङ क्याम्पसमा अध्यनरत छात्रछात्रा, क्लबका अन्य सदस्यहरु, स्थानिय तथा पत्रकार लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!