बिराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र प्रसाद राईले बिराटनगरमा हुदै आएको ऐतिहासिक राधाकृष्णा रथयत्रा गर्न दिनको लागि निर्देशन दिएका छन् ।
मगंलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बिराटनगरमा उच्च स्तरीय बैठक बोलाउँदै निर्देशन दिएका हुन् ।
कोरोनाको महामारी फैलीरहेको बेला र बिराटनगरबाट भारत नजिक भएकोले खुल्ला सिमाका कारण हुन सक्ने सम्भावित खतराहरुलाई मध्य नजर गर्दै अग्रिम तयारी रहनको लागि मुख्यमन्त्री राईले निर्देशन दिएका हुन् । अहिले कोरोना र खुल्ला सिमानाले शान्ति सुरक्षा र स्वास्थ सुरक्षाको हिसाबले क्रमशः जोखिम रहेको बताउनुभयो ।
ऐतिहासिक राधाकृष्णा रथयत्रामा बिराटनगर महानगर क्षेत्रमा शान्ति सुरक्षा, स्वास्थ मापदण्ड तथा ट्राफिक व्यवस्थापनमा ध्यान दिन निर्देशन समेत दिएका हुन् ।
श्रावन २९ गते रथयात्रा आयोजक समितिले प्रदेश १ का मुख्यमन्त्री राईलाई भेटेर रथयात्रा हुन दिन बतावरण मिलाई दिनको लागि आग्रह गरेका थिए । मुख्यमन्त्री राईलाई भेटे पछी सकारात्मक सुझाव आएपछि रथयात्रा आयोजक समिति श्रावन ३० गते रथयात्रा निकालने निर्णय गरेका थिए ।
बैठकमा प्रदेश नं १ का मा. मुख्यमन्त्री राजेन्द्रकुमार राई, प्रदेश न.१ नेपाल प्रहरी प्रमुख DIG, सशस्त्र प्रहरी प्रमुख DIG, प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका मोरङ SP, सशस्त्र प्रहरीका SP, अनुसन्धानका SP, नेपाली सेनाक प्रमुख, प्रदेश न.१ का प्रमुख सचिव,आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव तथा रथयात्रा आयोजक समिति लगायतका उपस्थिती रहेका थिए ।