हिपमत डटकम

मंगलबार, साउन ३१, २०७९ || 1634  पटक पढिएको

बिराटनगर। नेपाल प्रहरी श्रीमती संघको ३८ औ बार्षिक उत्सवको अवसरमा १ नम्बर प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको हाता भित्र सम्पन्न भएको रक्तदान कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महनिरीक्षक सुदिप गिरीले दातालाई ब्लड ब्याग हस्तान्तरण गर्नु भई कार्यक्रमको समुद्घघान गर्नु भएको हो ।

नेपाल प्रहरी श्रीमती संघले बिगत देखि नै सामाजिक क्षेत्रमा बिबिध कार्यहरु गर्दै आईरहेको सन्दर्भमा आफ्नो ३८ औ बार्षिकोत्सवको अवसरमा रक्तदान कर्यक्रमको आयोजना गरेको हो ।

“रक्तदान जिवन दान” भन्ने बाक्याशंलाई आत्मसाथ गर्दै कार्यक्रमको आयोजना गरिएको हो । रेडक्रस सोसाईटी मोरङको प्राबिधिक सहयोगमा सम्पन्न भएको रक्तदान कार्यक्रममा ४८ जना प्रहरी कर्मचारीहरुले रक्तदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!