माेरङकाे रंगेली नगरपालिका ले नगर भित्र छरिएर रहेका अति सक्त र सक्त रहेर रहेका ५० जना अपांग हरुलाई निशुल्क रुपमा कृतिम हात खुट्टा प्रत्यारोपण गरिएको छ । नगरपालिका काे सभाहलमा एक कार्यक्रम काे अायाेजना गर्दे अपांगहरु लाई कृतिम हात खुट्टा प्रत्यारोपण गरिएको हाे । नगरपालिकाले अपांग हरुलाई हुईल्चियर , कृतिम हातखुट्टा , बैशाखी, बेड , लगायतका समाग्रि हरु हस्तान्तरण गरिएका थिए ।

दुई महिना अगाडि अपांग हरुकाे स्वास्थ्य चेकजाँच गरे संगै हात खुट्टा नभएका व्यक्तिहरुलाई कृतिम हात खुट्टा प्रत्यारोपण गरिने भएको थियोे । सि.बि.अार बिराटनगरका ले दुई महिना अगाडि दिएकाे अाश्वशन पूरा गरेको स.बि.आर का प्रवन्धक रन्जना दाहाल ले बताईन । रंगेली नगरपालिका ले ९ लाख तथा सि.बि.अार बिराटनगरकाेे १ लाख रुपैयाँको सहयोगमा ५० जना अपांग हरुलाई कृतिम हातखुट्टा गरिएको कार्यकारी अधिकृत टाेम प्रसाद सुवेदीले बताए । सि.बि.अार बिराटनगरकाे प्राविधिक सहयोग मा अपाङ्गता भएका व्यक्तिहरुकाेेेेे लागि नाप जाँच तथा चेकजाँच गरि कृतिम हातखुट्टा प्रत्यारोपण गरिएको हाे । कार्यक्रम काे प्रमुख अतिथि रंगेली नगरपालिकाका प्रमुख दिलिप बगडिया, बिषिष्ट अतिथि कार्यकारी अधिकृत टाेम प्रसाद सुवेदी , अतिथि हरुमा बडा अध्यक्ष रामचन्द्र मंन्डल, बडा का प्रतिनिधि ,बुद्धिजीवी लागायतकाेे समेत उपस्थिति रहेको थियोे । बगडियाले भने नगर क्षेत्रका अपांगहरुलाई आवस्यकता अनुसार कृतिम हात खुट्टा हुईलच्यर जस्ता सामग्री अाफ्नै लगानीमा बितरण गरिदै जाने र अरु थप अपांग हरु भएमा उनी हरुलाई समेत कृतिम हातखुट्टा प्रत्यारोपण गर्ने प्रतिवध्दयता समेत व्यक्त गरेका छन । नेपाल सरकारले अपांगहरुलाई चार वर्गमा बिभाजन समेत गरेको छ । राताे कार्ड भएका ब्यक्तिहरुलाई पुर्ण अपांग, निलाे कार्डलाई अतिअसक्त, पहेलाे कार्डलाई मध्यम र सेताे कार्ड सामान्य हुने गरि ताेकिएकाे छ । रंगेली नगरपालिका भित्रमा ६ सय जना अपांग हरु रहेका छन ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!