हिपमत डटकम

आइतबार, साउन २९, २०७९ || 1011  पटक पढिएको

बिराटनगर। झापा र मोरङका दुई छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र लागुऔषध ट्याब्लेट सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार दिउँसो प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-४ पुरानो बिजुली अफिस छेउबाट लागुऔषध ब्राउनसगुर सहित १ जनालाई पक्राउ गरेको छ ।

मे.१ ह.२९२१ नम्बरको अटो लिई बिर्ताबजारबाट बुटाबारी तर्फ जाँदै गरेका अटो चालक सुनसरी घर भइ हाल सोहि स्थान बस्दै आएका ४० बर्षीय उमेश चौधरीको साथबाट लागुऔषध ब्राउनसुगर ४ ग्राम २०० मिलिग्राम बरामद भएको थियो ।

पक्राउ परेका चालकलाई सोधपुछ गर्दा अमरुवा गाउँपालिका-५ सिराहा घर भइ हाल बिर्तामोड-३ बिर्ताबजारमा डेरा गरी बस्ने २७ बर्षीय प्रतिक्षा चौधरी समेतको संलग्नता रहेको खुलेसँगै प्रतिक्षाको कोठाबाट समेत प्रतिबन्धित लागुऔषध ब्राउनसुगर ५ ग्राम बरामद भएको हो ।

यसैगरी शनिवार दिउँसो बिराटनगर महानगरपालिका-१६, हुलास चौक स्थितमा भारत बाट नेपाल तर्फ आउदै गरेको पैदल यात्री मोरङ बेलबारी नगरपालिका-११ बस्ने ४५ बर्षीय प्रकाश बस्नेतलाई लागुऔषध ब्युरो बिराटनगरबाट खटिएको टोलिले शंका लागि चेकजाँच गर्दा बस्नेतको साथबाट लुपिजेसिक १५ ऐम्पुल,फेनारगन १५ ऐम्पुल,डाईजोपाम १५ ऐम्पुल,ऐभिल १५ ऐम्पुल बरामद भएको थियो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!