हिपमत डटकम

शनिबार, साउन २८, २०७९ || 8528  पटक पढिएको

विराटनगर। विराटनगर महानगरपालिकाले विराटनगरको समग्र विकासका लागि विषय विज्ञहरूसित छलफल सुरु गरेको छ ।

महानगरले विषय विज्ञलाई बोलाएर तत्कालीन, अल्पकालीन र दीर्घकालीन के कस्ता योजना ल्याएर विराटनगरको वृहत्तर विकास गर्न सकिन्छ भन्ने विषयमा छलफल सुरु गरेको हो । छलफलमा सहभागीहरूले सबैलाई करको दायरामा ल्याएर महानगरको आम्दानी बढाउनुपर्नेमा जोड दिए । उनीहरूले विराटनगरको पहिचान झल्कने योजनाहरू सञ्चालन गर्नसमेत सुझाव दिए । पहिलो चरणमा बुद्धिजीवि र विभिन्न सामाजिक संघसंस्थामा आबद्ध व्यक्तिहरूलाई प्रतिनिधिमूलक रुपमा छलफल गरेको छ ।

सो अवसरमा महानगर प्रमुख नागेश कोइरालाले महानगर योजना आयोग बनाएर विराटनगरको वृहत्तर विकासमा लाग्ने बताए । “महानगरको छुट्टै योजना आयोग बनाएर विकासको मोडल तयार गर्ने हाम्रो योजना छ,” उनले भने, “त्यसका लागि हामी गृहकार्यमा छौं, अब विराटनगर यथास्थितिमा बस्न सक्दैन । हामी आएको पनि तीन महिना भएकै छैन । अझै धेरै कुरा बुझिसकेका छैनौं । त्यसो भएकाले जादूको छडी होइन हामी आउने बित्तिकै सबै थोक हुँदैन । यो सोच पनि महानगरवासीले राख्नुहुँदैन ।”

महानगरको आवधिक योजनाका लागि प्रारम्भिक सुझाव संकलन भएको उनको भनाइ थियो । बढीभन्दा बढी प्रविधिको प्रयोग गरेर सेवाग्राहीको सहजताका महानगरले काम गर्ने उपप्रमुख शिल्पा निराला कार्कीले बताए । “सेवाग्राहीले घरबाटै कर तिर्ने वातावरण बनाउँदैनौं, त्यसमा हामी लागिसकेका छौं,” उपप्रमुख कार्कीले भनिन्, “हामी महानगरको विकासका लागि गम्भीर छौं ।”

विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने र महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गाप्रसाद खतिवडासमेतको उपस्थितिमा भएको छलफलमा प्रा.डा. पीके झा, डा. भेषप्रसाद धमला, वरिष्ठ अधिवक्ता भरत थापा, विनयराज पाण्डे, महेन्द्र मोरङ क्याम्पसका प्रमुख प्रा.डा. बाबुराम तिम्सिना, बुद्धिजीवी दिनेश श्रेष्ठ, एलिट क्लबका अध्यक्ष विश्वनाथ रिजाल, महासचिव यज्ञ शर्मा, विराटेश्वर वृद्धाश्रमका अध्यक्ष जगतप्रसाद अज्र्याल, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, साहित्यकार रामबाबु दाहाल, एविसी नेपालकी अध्यक्ष विष्णु शर्मा, पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेल, युवा अभियन्ता वसन्त अधिकारीलगायतले महानगरको विकासका सन्दर्भमा आ–आफ्ना सुनाव दिएका थिए । उद्योगी, व्यापारी, साहित्य, पत्रकारिता, शिक्षा, स्वास्थ्य, यातायात, बैंकिङ, खेलकुदलगायत क्षेत्रगत रुपमा बेग्लाबेग्लै क्षेत्रका व्यक्तिलाई बोलाएर महानगरले छलफल सञ्चालन गर्ने महानगर प्रमुख कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!