हिपमत डटकम

शनिबार, साउन २८, २०७९ || 1086  पटक पढिएको

एजेन्सी। बलिवुड अभिनेता सलमान खान आफ्ना एक छिमेकीका कारण हैरानीमा परेका छन् । सलमान र उनको छिमेकीको झगडा मुम्बईको उच्च अदालतसम्म पुगेको छ । शुक्रवार उक्त मुद्दाको उच्च अदालतमा पहिलो सुनुवाइ गरिएको छ । त्यस दौरान सलमानको वकिलले सलमानका पनवेल फार्महाउस नजिकै रहेका छिमेकी रवि कमदले सलमान र केतन कक्कडको भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्दै समुदायलाई भड्काउने प्रयास गरेको दाबी गरेका छन् ।

सलमानले उनका छिमेकीविरुद्ध दर्ता गराएको रिटमा शुक्रवार न्यायाधीश सीवी भाडंगको इजलासमा सुनुवाइ भएको हो । उक्त रिट सलमानले मार्च २०२२ मा सिभिल कोर्टलाई चुनौती दिँदै दायर गरेका थिए । सिभिल कोर्टले कदमविरुद्ध सलमानले दर्ता गराएको रिटमा आदेश दिन इन्कार गरेको थियो ।

उनका छिमेकीले सलमानले आफ्नो फार्महाउसमा गरिरहेको विभिन्न गतिविधिको भिडियो बनाई सामाजिक सञ्जालमा अपलोड गरेका थिए ।

सलमानले अदालतसँग उक्त भिडियो हटाउने आदेश दिन र आगामी दिनमा आफूविरुद्ध कुनै पनि प्रकारको कमेन्ट गर्नबाट रोक्न आदेश माग गरेका थिए । तर, सिभिल कोर्टले सलमानको रिट खारेज गरिदिएको थियो । त्यसपछि सलमान रिट लिएर उच्च अदालत पुगेका हुन् ।

शुक्रवार रिटको सुनुवाइका क्रममा सलमानका वकिलले सिभिल कोर्टले कदमविरुद्ध आदेश नदिनु गलत भएको दाबी गरेका छन् । उनले कदमले अपलोड गरेको भिडियो वास्तविक नभई उनको अनुमान मात्र भएको दाबी गर्दै भिडियोमा सलमानविरुद्ध साम्प्रदायिक हिंसा भड्काउनलाई उक्साउने प्रयास गरिएको दाबी गरे ।

भिडियोमा सलमानलाई लगाइएको गम्भीर आरोप

उक्त भिडियोमा रवि कदमले ‘केतन कक्कडले सलमान खानलाई उनको फार्म हाउस नजिकै रहेको गणेश भगवानको मन्दिर कब्जा गर्न आग्रह गरेको’ दाबी गरेका छन् ।

उनले सलमानले आफ्नो फार्म हाउसबाट ड्रग्स, आर्गन र बच्चाको तस्करी गरिरहेको आरोप लगाएका छन् । कक्कड भारतीय अण्डर वर्ल्डका कुख्यात दाउद इब्राहिम समूहको सदस्य भएको उनको दाबी छ ।
उक्त भिडियो लाखौँले हेरेका छन् । भिडियो हेरेर सलमानलाई अधिकांशले गाली गरिरहेका छन् ।

उच्च अदालतमा दर्ता भएको मुद्दाउपर २२ अगस्टमा पुनः सुनुवाई हुने भारतीय सञ्चारमाध्यहहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!