हिपमत डटकम

शनिबार, साउन २८, २०७९ || 1072  पटक पढिएको

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक जारी छ। आज बिहान ९ बजेदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक जारी रहेको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँटका विषय छलफलको एजेण्डा रहेको स्रोतले बताएको छ। सत्तारुढ गठबन्धनले बनाएको कार्यदलमा आएका विषयहरुको जानकारी अध्यक्ष प्रचण्डलाई दिनेगरी आजको बैठक अयोजना गरिएको हो ।

५ दिने जापान भ्रमण सकेर प्रचण्ड फर्किएपछि स्थायी कमिटी बैठक बसेर आगामी निर्वाचनमा कसरी जाने र सिट बाँठफाँटको मोडालिटीबारे आएका प्रस्तावबारे आजको बैठकमा छलफल हुने बुझिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!