हिपमत डटकम

शनिबार, साउन २८, २०७९ || 973  पटक पढिएको

एजेन्सी। बलिउड अभिनेता सलमान खान केही समययता चर्चामा छन् । उनलाई ज्यानको धम्की आएपछि उनी सार्वजनिक रुपमा कमै मात्र निस्कन थालेका छन् । उनको सुरक्षा पनि निकै बढाइएको छ । सलमानलाई केही समयअघि लरेन्स बिश्नोई समूहले ज्यान मार्ने धम्की दिएका थिए । विश्नोई समाजका मानिसहरु कालो हरिणलाई भगवानको रुप मान्छन् । सलमानमाथि कालो हरिण मारेको आरोप छ । २४ वर्षअघि फिल्म ‘हम साथ साथ है’ को सुटिङका समयमा सलमान शिकारमा जाँदा यो विषय बाहिर आएको थियो ।

कालो हरिणलाई मान्ने विश्नोई समाजले अब कांकाणी गाउँमा कालो हरिणको ठूलो स्मारक बनाउने भएका छन् । कांकाणी गाउँमा स्मारकसँगै एक ठूलो जनावर रेस्क्यु सेन्टर पनि बनाउने तयारी उनीहरुको छ । जहाँ हरिणको मृत्यु भएको थियो । यो स्मारक ७ बिगाहा जमिनमा हुनेछ ।

यो स्मारक ३ फिटको हुनेछ । जसको वजन ८ सय किलोको हुनेछ । रेस्क्यु सेन्टरमा जनावर र पंक्षीको उपचार हुनेछ । गाउँको मन्दिरमा राख्नका लागि कालो हरिणको मूर्ति तयार भइसकेको छ । गाउँका मानिसहरुले चन्दा संकलन गरेर मन्दिर बनाएका हुन् ।

स्थानीय हनुमान राम विश्नोईले सलमानले हरिण मारेको समयमा स्थानीय जनावरको संरक्षणका लागि मन्दिर बनाउन माग गरेको खुलाए । मन्दिरमा आउने जो कोही व्यक्तिलाई जनावरको संरक्षणको महत्वबारे जानकारी दिन यो निर्णय लिइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!