हिपमत डटकम

शुक्रबार, साउन २७, २०७९ || 22651  पटक पढिएको

लोकप्रिय गायिका अस्मिता अधिकारीको नयाँ गीत ‘ढल्केला ढल्केला’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक कमल खत्री र अनिता लिम्बुको शब्द ,संगीत रहेको गीतको भिडियोमा लन्डन निवासी चर्चित मोडेल अनिता लिम्बुलाइ हट अवतारमा प्रस्तुत गरिएको छ । कुशल श्रेष्ठको सिनेमाटोग्राफी, सम्पादन र निर्देशनमा बनेको ‘ढल्केला ढल्केला’ को भिडियोलाइ मोडेल एबम यही भिडियोकी निमात्री अनिता लिम्बुको युट्युब च्यानल ( Anita Limbu) बाट सार्वजनिक गरिएको हो ।

साथै गीतको उत्कृष्ट टिकटक भिडियो बनाउनेलाइ रु दश हजार पुरस्कार पनि प्रदान गरिने निमात्री लिम्बुले जानकारी दिनु भयो । जसको लागि भिडियो बनाएर टिकटक एकाउन्ट anitalimbu83 मा इनबक्स गर्ने पर्ने छ ।

लन्डनमा आयोजना हुने अधिकांश र्‍याम्प सोहरुमा विदेशी मोडलहरुसँग मजाले प्रतिस्पर्धा गरेर नेपालीको पहिचान राख्दै थुप्रै उपाधीहरु पनि जितिसकेकी मोडेल अनिता लिम्बुले यसअघि पनि म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!