नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले यहि शुक्रबार सामाजिक परम्परा अनुसार धुमधामका साथ विवाह गरेका छन् । उनीहरुले फागुन १५ गते बिहिबार कोर्ट म्यारिजसमेत गरेका थिए । इन्गेजमेन्ट गरेको दुई वर्षपछि उनीहरुले विवाह गरेका हुन्।अहिले उनको बिबाहको तस्बिरहरु सामाजिक संजालमा देखिएका छन् भने केहि दिन अगाडी पनि उनले लगाइएका मेहेन्दी सेरेमोनीका तस्विरहरु सामाजिक सञ्जालमा देखिएका देखिएका थिए । उनीहरुको विवाहमा केही फिल्मकर्मी, उनीहरुका आफन्त र परिवार उपस्थित थिए । उनीहरुले विवाहपश्चात बेलुका रिसेप्सन पार्टी समेत आयोजना गरेका थिए । उनीहरुले लामो समय प्रेम सम्बन्धमा रहेपछि बिहे गरेका हुन् । केहि समय अगाडी प्रियंका र आयुष्मानले आफ्नो निकटका साथीहरुसँग छुट्टाछुट्टै ब्याचलर पार्टी मनाएका थिए।