बर्षको चैत २२ गते बाट देशभरका विभिन्न हलहरुमा एकै साथ प्रदर्शनमा आएको चलचित्र ‘लभ स्टेशन’ युटुबमा सार्बजनिक भएको भएको ४ दिनमै ट्रेण्डिङ्ग नम्बर १ मा पर्न सफल भएको छ । प्रदिप खड्का र जसिता गुरुङ अभिनित फिल्मलाई यो न्युज तयार गरुन्जेल सम्म २३ लाख १ हजार १ सय ४८ पटक हेरिएको छ । ६५ हजारले लाइक गरेका छन् भने ३४ सयले डीस लाइक गरेका छन् । हेर्नुस फिल्म :

 

उज्वल घिमिरे निर्देशित सो फिल्ममा प्रदिप खड्का र जशिता गुरुङ को साथ साथै रमेश बुढाथोकी, सिरु बिस्ट, रबि डंगोल , प्रिया रिजाल , प्रकाश शाह , दिनेश काफ्ले, रश्मि पाण्डे आदि कलाकारको अभिनय रहेको छ । शिशिर खातीले कोरियोग्राफ गरेको उक्त सार्बजनिक फिल्मलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् ।

उक्त फिल्ममा गोबिन्द शाही, क्रिशु शाही र कबिर बिक्रम शाही निर्माताको रुपमा रहेका छन् भने फिल्मलाई सिने जोन बाट खिचिएको खिचिएको हो । सुनिल नेउरे, सवन शर्मा र दिलिप कार्यकारी निर्देशक रहेको सो फिल्मको कथा बस्तु सुबाश सिङ्ग बस्न्यातले लेखेका हुन् । सार्बजनिक फिल्मामा दिपक शर्मा, सम्भुजित बास्कोटा, राजन राज सिवाकोटी र अलिशा कार्कीको संगीत रहेको छ भने दिपक शर्मा र उषा सेरचनको सब्द रहेको छ ।

उक्त फिल्मको गीतमा सुगम पोखरेल रेश्मा पुन, भूपू पाण्डे, सहिमा श्रेष्ठ , डभिड शंकरको सुमधुर स्वर सुन्न सकिन्छ । नेपाली फिल्म युटुबमा सार्बजनिक नभएको केहि समय पछि सार्बजनिक गरिएको उक्त फिल्म लाइ धेरै दर्शकहरुले हेरिसकेका छन् भने धेरै दर्शकहरुले सकारात्मक प्रतिक्रिया समेत दिन भ्याइसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!