बुधबार, साउन २५, २०७९ || 18270  पटक पढिएको

विराटनगर। चर्चित कलाकार विराटनगर निवासी दीपाश्री निरौला यतिबेला ‘छक्कापंजा’ को पछिल्लो संस्करण छायाङ्कनमा व्यस्त छिन् । तर, उनलाई तनाव दिन विभिन्न अनलाइन साइट, सोसल मिडियाका फेक आइडी बनाउनेहरूले विवाहको कुरा ल्याएर हैरान बनाउन थालेका छन् । निरौलाले एक धनाढ्यसित विवाह गर्ने कुरा बाहिर आए पनि समाचारमा ती व्यक्ति को हुन भनेर किटान गरिएको छैन ।

निरौलाले एक धनाढ्यसित विवाह गर्न लागेको समाचार आएपछि न्यू सृष्टि दैनिकले काठमाडौंमा रहेकी उनलाई मोबाइलमा सम्पर्क गर्यो । ‘म सुटिङमा व्यस्त छु, के को विवाह गर्ने नि ?’ उनले भनिन, ‘होइन यस्तो झुटो खबर फैलाउनेलाई के कारवाही गर्न सकिन्छ ?’

निरौलाले विवाहको कुनै योजना नरहेको उल्लेख गरिन । पहिले राजेश हमाललाई विवाहको कुरालाई लिएर यसरी नै खेदिने गरिन्थ्यो । ‘विवाह हुने भयो भने त म सबैलाई भनिहाल्छु नि ! तर, अहिले तत्काल कुनै योजना छैन’ निरौलाले भनिन, ‘अहिले म सुटिङमा आफुलाई फोकस गरिरहेको छु, सुटिङ सिध्याएर कात्तिक पछि दर्शकमाँझ सेनेमा ल्याउने तयारीमा लागेको छु, विवाहको होइन ।’

राजनीतिक विषयमा आधारित यो सेनेमामा नीर शाह, दीपकराज गिरी, केदार घिमिरे माग्ने बूढो, सुवास गजुरेललगायतको अभिनय छ । यसपाला यो टिममा जितू नेपाल मुन्द्रे छैनन् ।

सुरुमा असोजमा प्रदर्शन गर्ने लक्ष्य राखिए पनि सुटिङ र प्राविधिक काम सकाउन समय लाग्ने देखियो । कात्तिक ११ का लागि मह जोडीको ‘महापुरुष’ सेनेमा आउने निश्चित भएको बेला आउँदो मंसिर/पुसमा सेनेमा रिलिज गर्ने सोचाई रहेको कलाकार निरौलाले जानकारी दिइन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!