हिपमत डटकम

बुधबार, साउन २५, २०७९ || 16679  पटक पढिएको

उर्लाबारी । उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलले नगरपालिका कार्यालयलाई सबैको अपनत्व हुने गरी कार्यसम्पादन गरिरहेको बताउनुभएको छ ।

पूर्व मेयर खड्ग फागोले केहि दिनअघि एउटा सार्वजनिक कार्यक्रममा ‘उर्लाबारी नगरपालिकाको कार्यालयलाई एमालेको पार्टी कार्यालय बनाइएको’ भन्दै अभिव्यक्ति दिएका थिए । सोको खण्डन गर्दैै मेयर खरेलले फागोको भनाई हतास मनस्थितिको उपज भएको टिप्पणी गर्नुभयो । ‘म उम्मेद्वारको रुपमा रहँदासम्म एमालेको प्रतिनिधि थिए’ खरेलले भन्नुभयो – ‘अहिले कुनै एक पार्टीको होइन, सबैको हुँ । मेरो व्यवहारबाटै अनुभुत गर्नसक्नुहुन्छ ।’

२८ औं विश्व आदिवासी जनजाति दिवसको अवसर पारेर मंगलबार आयोजित कार्यक्रममा बोल्दै खरेलले भ्रष्टाचार गर्दिन भन्दै ठुलठुला गफ गर्दै हिँड्ने तर आफै भ्रष्टाचारीको नाइके बन्नेहरुलाई हाम्ले नचिनेको हो र ? भन्दै प्रतिप्रश्न गर्नुभयो । आफुबाट कुनैपनि किसिमका भ्रष्टाचार गरेको पाइए जुत्ताको माला लगाएर बजार घुमाए हुन्छ भन्दै भ्रष्टाचार र अनियमितता गरेर डुङ्गडुङ्ती गन्हाएकाहरुका ठूला गफ सह्य नहुने उहाँको भनाई थियो ।

नगरपालिकाको भवनलाई एमाले पार्टी कार्यालय बनाइएको प्रमाणित गर्नपनि खरेलले चुनौती दिनुभयो । एक अर्को प्रसंगमा मेयर खरेलले आसपासका पालिकाले आदिवासी जनजाति दिवसका बारेमा मौनता साँध्दै गर्दा आफुले आँट गरेर सार्वजनिक बिदा दिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो –‘आदिवासी, जनजातिहरुको पहिचान गर्ने र उनीहरुको भाषा, कला र संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्नका लागि आफू हरदम लागिपर्ने छु ।’

उर्लाबारी पार्टी प्यालेसमा आयोजित विश्व आदिवासी दिवसको अवसर पारेर कार्यक्रममा पूर्व उपसभामुख एवं एमाले स्थायी कमिटी सदस्य डा. शिवमाया तुम्बाहाम्फेलाई सम्मान गरिएको छ ।

कार्यक्रममा नेतृ तुम्बाहाम्फे, महासंघका पुर्व उपाध्यक्ष गोविन्द छन्त्याललगायतले पनि बोलेका थिए । उर्लाबारी नगरपालिकामा सुचिकृत १४ जातजातिको झाँकी, नृत्य प्रदर्शन रहेको कार्यक्रममा महासंघका उर्लाबारी नगर समन्वय परिषद अध्यक्ष शमसेर लिम्बूको सभापतित्व रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!

Fatal error: Uncaught wfWAFStorageFileException: Unable to save temporary file for atomic writing. in /home/hipamatcombirend/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php:34 Stack trace: #0 /home/hipamatcombirend/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php(658): wfWAFStorageFile::atomicFilePutContents() #1 [internal function]: wfWAFStorageFile->saveConfig() #2 {main} thrown in /home/hipamatcombirend/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php on line 34