हिपमत डटकम

मंगलबार, साउन २४, २०७९ || 21865  पटक पढिएको

मोरङ। मोरङको झोराहाटस्थित धनलक्ष्मी–यशोदा वाङ्मय प्रतिष्ठानले वरिष्ठ कवि जसराज किराँतीलाई पुरस्कृत गर्ने भएको छ ।

प्रतिष्ठानको बैठकले पाँच दशकभन्दा लामो समयदेखि नेपाली कविता लेखनमा सक्रिय किराँतीलाई ५० राशिको पुरस्कार समर्पण गर्ने निर्णय गरेको हो ।

सो पुरस्कार धनपति खतिवडा, लक्ष्मीदेवी खतिवडा र यशोदा खतिवडाका छोरा गोविन्द खतिवडा, केदार खतिवडा, गण्डकीपुत्र र बुहारी सीता खतिवडाले स्थापना गरेका हुन् । गण्डकीपुत्र अग्रज कविसमेत हुन् ।

गण्डकीपुत्रकै अग्रसरतामा पुरस्कार स्थापना गरिएको हो । यसअघि सो पुरस्कार वरिष्ठ कवि कुन्ता शर्मालाई समर्पण गरिएको थियो ।

घोषित पुरस्कार आगामी फागुनमा विशेष समारोह आयोजना गरेर प्रदान गरिने कविसमेत रहेका प्रतिष्ठानका गण्डकीपुत्रले जानकारी गराए ।

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!