रामकुमार परियार

शुक्रबार, बैशाख १४, २०८१ || 17111  पटक पढिएको

युएई । पछिल्लो समय नेपालीहरुका लागि रोजगारीको उत्कृष्ट गन्तव्य बन्दै आएको युरोपेली मुलुक माल्टामा अन्तराष्ट्रिय नेपाली सेफ सोसाईटी विस्तार गरिएको छ । गत बुधबार माल्टाको लजिज रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरि अन्तराष्ट्रिय नेपाली सेफ सोसाईटी गठन गरिएको हो ।

सेफ वासुदेव भुसालको अध्यक्षतामा गठन गरिएको १७ सदस्यीय समितिको उपाध्यक्षहरुमा बाबू अर्याल , तमबहादुर क्षेत्री , ध्रुवराज पाण्डे , उदयचन्द्र अधिकारी र सुरेन्द्रलाल दास रहेका छन् भने सचीव , सहसचिव र कोषाध्यक्षमा क्रमशः सुन्दर घिमिरे , अनिल उप्रेती र एकराज पोख्रेल चयन भएको अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीका अध्यक्ष अरुण अधिकारीले जानकारी दिए ।

यसैगरि नवगठित समितिको सदस्यहरुमा सागर तामाङ , जितबहादुर चौधरी , वीरबहादुर गुरुङ , भीमबहादुर गुरुङ , चेतबहादुर रोका र पवन गिरी चयन भएका छन् भने अर्जुन केसी र तेजबहादुर लिम्बुलाई सल्लाहकार समिमा राखिएको बताईएको छ ।

नेपाली सेफहरुको पेशागत विकास र नेपाली खानाको प्रचार एवम् बजारीकरणमा सक्रिय अन्तराष्ट्रिय नेपाली सेफ सोसाईटी अहिलेसम्म १८ वटा देशमा विस्तार भईसकेको छ भने निकट भविष्यमै भारत , न्युजिल्यान्ड र कुवेतपनि पनि विस्तार गरिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!