हिपमत डटकम

मंगलबार, साउन २४, २०७९ || 944  पटक पढिएको

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश हुँदैछ ।

विहान एघार बजेपछि संघीय संसद भवन नयाँ वानेश्वरमा हुने बैठकमा माओवादी सांसद अमृता थापामगरले प्रदेश सभा र संघीय संसदको निर्वाचनमा महिलाको समानुपातिक सहभागिताको माग गर्दै सो प्रस्ताव पेश गर्न लागेकी हुन् ।

संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचिमा जरुरी सार्वजनिक महत्वको विषयमाथि विभागीय मन्त्रीको ध्यानाकर्षण गराउने उल्लेख छ ।

प्रस्तावमा प्रत्येक दलले जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व बमोजिम महिला उमेदवारी दिनुपर्ने, स्थानीय तहको निर्वाचनका विभिन्न पदमा हरेक दलले कम्तिमा ५० प्रतिशत महिला उमेदवारी दिनुपर्ने र वडा तहमा दलित महिलाको उमेदवारी नपरेमा अल्पसंख्यक वा सीमान्तकृत वा अरु कुनै समुदायबाट महिलाको उमेदवारी आह्वान गर्नुपर्ने उल्लेख छ ।

बैठकमा सभामुख अग्नि सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, प्रतिनिधि सभा नियमावली २०७५ को नियम एक सय ७२ बमोजिम गठित विभिन्न समितिहरुमा सदस्यहरुको नाम हेरफेर गर्ने कार्यसूची छ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिम बाधा अड्काउ फुकाउ आदेश सदनमा पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!