विराटनगर।वर्तमान नेपाली राजनीतिमा देखिएका विकृति, बढ्दो भ्रष्टाचार र जनगुनासोलाई समेटेर तयार पारिएको नयाँ नेपाली र्‍याप गीत ‘टिङ टिङ्ग’ सार्वजनिक गरिएको छ। ‘बरिष्ठ’ (BARISTHA) उपनामले परिचित र्‍यापर रितेश सापकोटाको शब्द तथा स्वरमा रहेको उक्त गीत मंगलबार विराटनगरमा आयोजित एक विशेष समारोहका बीच सार्वजनिक गरिएको हो।

गायक सापकोटाले यस प्रस्तुतिमार्फत देशको समसामयिक राजनीतिक अवस्था, आम नागरिकले भोगिरहेका दैनिक समस्या तथा राजनीतिक नेतृत्वप्रतिको बढ्दो जनआक्रोशलाई सशक्त रूपमा अभिव्यक्त गरेका छन्। सामाजिक यथार्थलाई र्‍याप विधामार्फत प्रस्तुत गरिएको यस गीतले समाजमा चेतना फैलाउने र बेथिति विरुद्ध आवाज बुलन्द गर्ने अपेक्षा गरिएको छ।

गीतका निर्माता राहुल राई रहेका छन् भने कार्यकारी निर्माता रोशन मण्डल हुन्। भिडियो निर्देशन, छायांकन तथा सम्पादन रोय अभिषेकले गरेका छन्। बीट BBO Beats ले तयार पारेका हुन् भने रेकर्डिङ, मिक्सिङ र मास्टरिङ Kpass ले गरेका छन्। भिएफएक्स (VFX) मनोज खड्गी (The 6 A.M Artists) ले सम्हालेका छन्।

सेट डिजाइन अमर रोयले गरेका छन् भने प्रोडक्सन म्यानेजरको जिम्मेवारी अभिषेक सहनी र विवेक शाहले सम्हालेका छन्। भिडियोमा सहायक निर्देशन निखिल शाहले गरेका छन् भने श्रृंगार सुभद्रा रोयको रहेको छ। प्राविधिक पक्षमा सुरज सिलवाल (गाफर) तथा मुकेश ताम्राकार र आलम शेख (लाइटम्यान) ले साथ दिएका छन्। नवीन सिंहले पर्दा पछाडिका दृश्य (BTS) कैद गरेका छन्। कलात्मक ढंगले राजनीतिक र सामाजिक सन्दर्भलाई उजागर गरिएको ‘टिङ टिङ्ग’ ले नेपाली र्‍याप संगीत क्षेत्रमा नयाँ बहस र चर्चा सिर्जना गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!