हिपमत डटकम

मंगलबार, साउन २४, २०७९ || 420  पटक पढिएको

काठमाडौ। परराष्ट्रमन्त्री डा. नारायण खड्का आज छिमेकी मित्रराष्ट्र चीनको भ्रमणका लागि बेइजिङ जाँदैछन । चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा उनी चीन जान लागेका हुन् ।

मन्त्री खड्का ११ सदस्यीय टोलीको नेतृत्व गर्दै चीनको तीनदिने भ्रमणमा जान लागेका हुन् ।

खड्काको भ्रमण ‘दुई मुलुकबीच विश्वासको वातावरण बढाउन’ केन्द्रित रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मन्त्री खड्काले चिनियाँ विदेशमन्त्री वाङसँग बुधबार भेटवार्ता गर्ने तालिका छ । उनले यीसँग सान्तोङ प्रान्तको छिङ्ताओमा भेट्ने कार्यक्रम छ ।

भ्रमणमा दुई मुलुकबीचको आपसी हितका विविध विषयमा छलफल हुने बताइएको छ ।

शेरबहादुर देउवाको नेतृत्वमा एक वर्षअघि सरकार गठन भएपछि पहिलोपटक चीनतर्फ उच्च तहको भ्रमण हुन लागेको हो । मन्त्री खड्का बिहीबार स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!