हिपमत डटकम

सोमबार, साउन २३, २०७९ || 22420  पटक पढिएको

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही आगामी प्रतिनिधिसभा चुनावमा जुम्लाबाट उठ्ने घोषणा गरेका छन ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा शाहीले प्रतिनिधि सभामा उम्मेदवारी दिने घोषणा गरेका हुन । अहिलेसम्म जुम्लाले धेरै प्रतिनिधि काठमाडौं पठाएपनि कसैले जुम्लाको आवाज नसुनेकाले आफु उम्मेदवार बन्न लागेको शाहीले बताए ।

प्रवक्ता शाहीले आफुलाई काठमाडौं , चितवन, नवलपरासी रुपन्देहीबाट चूनाव लड्न आग्रह गरेपनि पनि आफूले जन्मथलो जुम्ला रोजेको प्रतिक्रिया दिए ।

आफ्नो उम्मेद्वारी जुम्लाको आर्थिक अवस्थालाई उकास्नका लागि भएको भन्दै उहाले कांग्रेस माओवादी एमाले कसैको बिरुद्ध नभएको उनको भनाइ छ ।

सरकारले मंसिर चार गतेलाई सरकारले प्रदेशसभा र प्रतिनिधिसभा चुनावको मिति तोकेपछि उम्मेद्वारी घोषणा पनि सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!