हिपमत डटकम

शुक्रबार, साउन २०, २०७९ || 734  पटक पढिएको
फ़ाईल तस्बिर

काठमाडौं। सत्ता गठबन्धनको बैठक आज बस्दैछ । बिहान प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बस्ने बैठकमा चुनावी रणनीति र तालमेलका विषयमा छलफल हुनेछ ।

सरकारले निर्वाचन मिति घोषणा गरिसकेकाले गठबन्धनका दलहरुले प्रतिनिधि सभा र प्रदेश सभामा सिट बाँडफाँडमा भागबण्डाको तयारी गरेका छन । त्यसका लागि आजको बैठकले कार्यदल बनाउने सम्भावना छ । प्रतिनिधि सभामा प्रतक्ष्यतर्फ कम्तीमा एक सय सिट आफूले पाउनुपर्ने कांग्रेसको दाबी छ ।

कांग्रेस आफूलाई बहुमत पुग्ने गरी सिट राख्ने र बाँकीमा चार दललाई सहमत गराउने रणनीतिमा छ । अन्य दल भने कांग्रेससँग बढी सिट लिने प्रयत्नमा छन् ।

तर अहिलेसम्म प्रतिनिधि सभाका १ सय ६५ र प्रदेश सभाको ३ सय ३० क्षेत्रको बाँडफाँड गर्दा यति सिट दाबी भनेर औपचारिक रुपमा सत्ता–गठबन्धनले दाबी गरेका छैनन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!